सिन्धुलीको टेलिकम टावरमा कुकर बम विस्फोट

714
Shares

काठमाडौं ।

सिन्धुलीमा प्रेसर कुकर बम विस्फोट भएको छ। शुक्रबार बिहान करिब ३ बजेतिर सुनकोसी गाउँपालिका–१ दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावरको कम्पाउन्ड भित्र कुकर बम विस्फोट भएको हो।

विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ। प्रहरीले कुकरको बिर्को झ्यालमा अड्किएको र कुकरको भाग भुइँमा रहेको अवस्थामा फेला पारेको छ।

नजिकै पेट्रोलको गन्ध आउने दुई वटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा पनि फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।