रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु

2.9k
Shares

काठमाडौं ।

रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक।, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।