खानामा माछा नदिँदा बहिष्कार भएकाे बिहे सम्पन्न

121.92k
Shares

काठमाडौं ।

खानामा माछा नदिँदा बहिष्कार  भएकाे बिहे साेमबार गए राती सम्पन्न भएको छ।

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका ४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता भएकाे थियाे  ।

गत सोमबार देखि नै दुवै गाउँका अगुवा समाजसेवीहरूले बिहे हुनुपर्ने अडान राख्दै निरन्तर छलफलमा लागेका थिए।  छलफलमा अगुवाहरूद्वारा फेरि बिहे गराउने निष्कर्षका साथ बेहुला र बेहुलीका परिवार लगायत आफन्तहरू रद्द गरिएको बिहे राजी खुसीका साथ फागुन २८ गते सोमबार नै बिहे गर्ने सहमतिमा पुगेसँगै गए राती अबेर बिहे सम्पन्न भएको बताइएको छ।

याे पनि 

खानामा माछा नदिँदा बिहे बहिष्कार गर्दै जन्ती फिर्ता