प्रि-ओपन सेसन नेप्से १३ अंकले बढ्यो



काठमाडाैं ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १२.९६ अंकले बढेको छ । यससँगै सूचक २०६५.६२ विन्दुमा आएको छ । ६१ कम्पनीको ७ हजार ४ सय ९० कित्ता सेयर कारोबार हुँदा ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको हो । ४१ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्