कान्तिपुर सेभिङ एण्ड क्रेडिट सरकारीका ११ संचालकविरुद्ध मुद्धा दर्ता

24.4k
Shares

काठमाडौं ।

बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट सरकारीका ११ संचालक विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता भएको छ ।

काठमाडौं प्रहरीले सो सहकारीका संचालक बिरुद्ध ठगीमा मुद्धा दर्ता गरेको हो । बिभिन्न बहाना बनाएर बचतकर्तालाई रकम राख्न लगाई ठगी गरेको भन्दै अदालतमा मुद्धा दायर गरेको हो ।

सो सहकारीले ८५० भन्दा बढी बचतकर्ताले उक्त सहकारीका अध्यक्ष हिमालयबिक्रम मल्ल लगायतका विरुद्ध मुद्धा दायर भएको छ । उनीहरु विरुद्ध १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी गरेको आरोपमा प्रहरीले हदै सम्मको कारवाहीको माग गर्दै मुद्धा दायर गरेको हो ।

प्रहरीले का अध्यक्ष मल्ल ठकुरी, कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा,सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा देवराज पराजुली, लेखा सुपरिवेक्षण समितिका कञ्चन तामाङ, लेखा सुपरिवेक्षण समितिका सदस्य उद्धवप्रसाद पाण्डे, लेखा सुपरिवेक्षण समितिका सदस्य अम्बिका थपलिया, र पूर्व अध्यक्ष एवम् व्यवस्थापक सिबी लामा भन्ने चन्द्रबहादुर लामा समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ ।

पूर्व अध्यक्ष एवम् व्यवस्थापक सिबी लामा नेपाली कांग्रेस काभ्रेका पूर्व कोषाध्यक्ष एवम् कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा सिफारिससमेत भएका व्यक्ति हुन् ।