लोकतान्त्रिक आदिबासी जनजाती महासंघ उदयपुरको अध्यक्षमा कोयु



उदयपुर । 
नेकपा एमाले निकट लोकतान्त्रिक आदिबासी जनजाती महासंघ उदयपुरको अध्यक्षमा राजकुमार राई कोयु सर्वसहमत चयन भएका छन् ।
आइतबार सम्पन्न महासंघको दास्रो जिल्ला अधिवेशनले राईको नेतृत्वमा ४६ सदस्य जिल्ला कार्य कमिटी चयन गरेको हो ।  कमिटीको उपाध्यक्षमा पर्शुराम चौधरी, तारादेवी जोशी, सचिवमा हेमबहादुर तामाङ्ग, उपसचिबमा राजु तुलाधार, उदयराज भुजेल र कोषाध्यक्षमा ताराकुमारी मगर सर्वसहमत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष हरीप्रसाद थलङ्गले जानकारी दिए   ।
शनिबारबाट सुरु भएको अधिवेशनको बन्दशत्रले आईतबार दिउँसो नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । कमिटीको सदस्यहरुमा सागर हायु, गंगाबहादुर तामाङ्ग, राजिव राई दनुवार, मिनामाया दनुवार, झम्कनारायण श्रेष्ठ, रुद्रबहादुर मगर, तिजा मगर, बासुकुमार राई, गेल्वु शेर्पा, शिवकुमार राई, लक्ष्मीनारायण चौधरी, विजयकुमार लेखी रहेका छन् ।  त्यसैगरी रामप्रसाद आले, एमिता राई, प्रदिपकुमार राई, राजिन्द्र राई, लोकबहादुर तामाङ्ग, मनोज समाल, शिलाकुमारी श्रेष्ठ, कविता राई, निताकुमारी मगर, कुन्तमाया मगर, बिष्णु तामाङ्ग, रुद्र श्रेष्ठ, प्रकाश राई, प्रताप राना, दत्तकुमारी राई रहेका छन् ।
त्यस्तै कमिटीमा अम्वेवर राई, जानकीदेवी चौधरी, विजय हुजदार, चित्रबहादुर मगर, शम्भु तामाङ्ग, गौरी श्रेष्ठ, रिता चौधरी, सन्तोष तामाङ्ग, प्रेमबहादुर राई, श्रीकुमार राई, कुवेरकुमार मगर र बद्रिनारायण चौधरी रहेको थलङ्गले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले पहिचानवादीहरुले अहिले गरेको आन्दोलन मिथ्याको आन्दोलन भएको टिप्पणी गरे । उनले आदिबासी जनजातीहरुको पहिचान नेकपा एमालेले दिलाएको स्पष्ट पारे ।
शेर्पाले एमालेका नेता अमृतकुमार बोहरा स्थानीय विकास मन्त्री भएको समयमा आदिवासी जनजातीको पहिचान दिलाउनकालागि आयोग गठन गरेर सुचिकरण गरेको बताए । कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा उदयपुर इन्चार्ज पर्शुराम मेघी गुरुङले नेकपा एमालेले आदिबासी जनजातीका पक्षमा र उत्थानकालागि निरन्तर लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस्