कालिकोटको लालुमा करेन्ट लागेर दुई जनाको मृत्यु

1k
Shares

कालिकोट ।

यहाँ जिल्लाको नरहरिनाथ गाउँपालिका–८ लालु गाउँममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार बिहान लालु गाँउको एक घर नजिकै पोल ढल्दा करेन्ट लागेर सोही ठाउँका २५ वर्षीय कृषक गंगबहादुर थापा र स्थानीय मंगलासैनी माविका शिक्षक ४३ वर्षीय केशव थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्सपेक्टर पोषण थापाले जानकारी गराएका हुन ।

एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालु गाँउमा घरनजिकै पोल ढल्दा तारले दुवैजनालाई बिजुलिको तारले छोएर मृत्यु भएको छ ।
घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थापाले बताएका छन् । विजुलिको राष्ट्रिय प्रसारण लाइन नरहरिनाथमा पुगे पनि पोललहरु अव्यवस्थित रहेकाले घटना भएको र फेरी पनि हुन सक्ने सम्भावना रहेको छ ।