विद्यार्थीहरुको दैनिकी: पढाईसँगै व्यवहारीक सीप

126
Shares

दोलखा ।

दोलखाको भीमेश्वर नगरपालिकाका ३५ सय विद्यार्थीहरु अहिले व्यवहारीक सीप प्रशिक्षणमा सहभागि छन् । विद्यालय समय पछिको अवधिमा सञ्चालित व्यवहारीक सीप प्रशिक्षण निक्कै उपलब्धिमूलक रहेको सहभागि विद्यार्थीहरुको भनाई छ ।

भीमेश्वर नगरपालिकाको सहकार्यमा कोच नेपालले सुरु गरेको यो प्रशिक्षण मुख्य त तीनवटा विषयमा केन्द्रीत रहने आयोजकको भनाई छ । फागुन २० गतेबाट सुरु भएको यो प्रशिक्षण चैत्र २ गतेसम्म चल्ने छ आयोजक कोच नेपालका संयोजक सिमोन खत्रीले भने– प्रशिक्षणमा मुख्य त तीनवटा विषय विपद्, आत्मरक्षा र प्राथामिक उपचारको सम्बन्धमा प्रशिक्षित गरिने छ ।

आयोजक कोच नेपालका संयोजक एवं प्रशिक्षक सिमोन खत्रीका अनुसार विपद् अन्र्तगत घरमा हुने ग्यास सिलिण्डर विष्फोट, आगलागि, भुकम्प, बाढी– पहिरो, चट्याङ जस्ता प्राकृतिक प्रकोपका घट्नामा अपनाउनु पर्ने सर्तकता, उद्दार लगायतका विषयमा प्रशिक्षण गरिने छ । आत्मरक्षामा आफ्नो सुरक्षाको लागि गर्नुपर्ने उपाएको बारेमा र प्राथामिक उपचारमा बिभिन्न दुर्घटना, प्राकृतिक प्रकोप, आकस्मीक स्वास्थ्य समस्याको अवधिमा गर्नुपर्ने प्राथामिक उपचारको बारेमा प्रशिक्षण गरिने छ ।

विद्यालयस्तरमै विपद व्यवस्थापनको विषयमा जानकारी दिदा घरमा हुने विपदजन्य घटना न्यूनिकरणमा सहयोग पुग्ने र प्राथमिक उपचारको विषयमा समेत विद्यार्थीलाई सिप प्राप्त हुने विश्वासका साथ कोच नेपालसंगको सहकार्यमा प्रशिक्षण तथा तालिम कार्यक्रम आयोजना गरिएको भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरले बताए ।

व्यवहारीक सीप प्रशिक्षण भीमेश्वर नगरपालिकाको ९ वटा वडाका १२ वटा विद्यालयमा सञ्चालन भै रहेको र त्यसमा कक्षा ८, ९ र १० का झण्डै ३५ सय विद्यार्थी सहभागि रहेको संयोजक सिमोन खत्रीले बताए । कोच नेपालले विगत दुई बर्ष अघिदेखी भीमेश्वर नगरपालिका भित्रका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरुलाई आत्मरक्षा, विपद व्यवस्थापन र प्राथमिक उपचारको व्यवहारिक सिप सिकाउदै आएको र दोलखाको अन्य विद्यालयमा पनि यस्ता प्रशिक्षण तथा तालिम कार्यक्रम सञ्चालन गरिने संयोजक खत्रीको भनाई छ ।

कोच नेपालले दुई बर्षको अवधिमा दोलखाको अलवा काठमाडौँ, ललितपुर र भक्तपुरका सामुदायीक तथा नीजि विद्यालयहरुमा व्यवहारीक सीप प्रशिक्षण सञ्चालन गरेको संयोजक खत्रीको भनाई छ । दुई बर्षको अवधिमा हामीले उपत्यका र दोलखाका झण्डै ८२ वटा विद्यालयका पाँच हजार बढी विद्यार्थीलाई व्यवहारीक सीप अन्र्तगत विपद्, आत्मरक्षा र प्राथामिक उपचारको विषयमा प्रशिक्षण गराएका छौ– संयोजक खत्रीले भने ।

तस्विरः प्रशिक्षणमा सहभागि विद्यार्थीहरु