जसपा कार्यकारिणी समिति बैठक जारी



काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक पार्टी कार्यालय बालकुमारीमा जारी रहेको छ। सरकारका सहभागी हुने विषयमा छलफल गर्न जसपा बैठक बसिरहेको हो।

यसअघि बिहान बसेको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने र बाँकी रहेको एक मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष यादवलाई दिएको थियो। यसबारे केही निर्णय गर्न आवश्यक देखिएकोले फेरि बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस्