मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता



काठमाडौं ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध अर्को जाहेरी दर्ता भएको छ ।

किर्तेगरी बनाइएको नागरिकता छानविन भइरहेकै बेला मेयर सिंहमाथि बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजातसमेत किर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो।

मेयर सिंहले बुबा भनेर नागरिकता दिलाएको रुविना भट्टराई श्रेष्ठकी आमा रिता भट्टराईले मेयर सिंहको बचाउमा अदालतमा पेस गरेको कागजातसमेत फर्जी रहेको प्रमाणसहित जाहेरी दर्ता गरिएकाे  हाे  ।

प्रतिक्रिया दिनुहोस्