लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त, मन्त्रिमण्डल पुनर्गठन

1.2k
Shares

काठमाडौं ।

लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन ।

जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बरखास्त गरेका हुन् । केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरे पछि नेपाली कांग्रेसवाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुइ मन्त्री बर्खास्त गरेर बदला लिएका हुन् ।