नेपालद्वारा भुटान पराजित



काठमाडौं ।

साफ यू–१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ ।
सातदोबाटोसि्थत एन्फा कम्पलेक्समा सम्पन्न खेलमा नेपालले भूटानलाई सहजै पराजित ग¥यो । टोलीको जितमा पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे । खेलको १४औं मिनेटमा नेपालले अग्रता लिएको थियो । पुजाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको फितलो प्रहारलाई गोलरक्षक केल्जाङ वाङमोले बचाउन नसक्दा नेपालले अग्रता लियो ।

त्यसको चार मिनेटपछि नै कप्तान भुमिकाले गोल गर्दै नेपाललाई २–० ले अघि राखेका थिए । २८औं मिनेटमा ग्यान्सु डोल्माले २५ यार्ड टाढाबाट गरेको फि्रकिक सिधै गोल भएपछि पहिलो हाफ मै नेपालले तीन गोलको अग्रता लिएको थियो । ३८औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि भूटानले पेनाल्टीको अवसर पाएपनि भुटान गोल गर्न सफल भएन । छिरिङ ल्हामोको पेनाल्टी प्रहारलाई नेपाली गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट ढंगले बचाएकी थिइन् ।

जितसंगै नेपालको २ खेलबाट तीन अंक भएको छ । समान तीन–तीन अंक जोडेपनि गोलअन्तरमा भारत पहिलो, बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । पहिलो खेलमा नेपाल बंगलादेशसंग २–० ले पराजित भएको थियो भने भारतले भुटानलाई ७–० गोलअन्तरले हराएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबार भारत र बंगलादेशबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्