मिडफिल्डर प्रीति राईको घुँडाको सफल शल्यक्रिया



काठमाडौं ।

नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईको घुँडाको शल्यक्रिया भएको छ ।

प्रीतिको सोमबार ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रीतिको शल्यक्रिया सफल भएको र पूर्णरूपमा ठिक हुन विभिन्न कारणमा निर्भर रहने जनाएको छ । शल्यक्रियापछि प्रीतिलाई खेलमा फर्किन करिब तीन महिना लाग्ने बताइएको छ ।

गत साता सम्पन्न वाफ महिला च्याम्पियनशिपको फाइनलमा घाइते भएकी राईको नेपाल फर्केपछि शल्यक्रिया भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्