प्रचण्ड धोकेवाज : देउवा

658
Shares

काठमाडाैं । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धनबाट प्रधानमन्त्री …प्रचण्डले धोका दिएको बताउनुभएको छ । उहाँले गठबन्धन टुटेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्डबाट धोकेवाज भएको बताउनुभएको हो ।

कांग्रेस पदाधिकारीको बैठकमा उहाँले भन्नुभयो– …एमाले अध्यक्ष केपी ओलीजीले पटकपटक भेट्न आग्रह गर्दासमेत गठबन्धनमा शंका उत्पन्न हुन्छ भनेर गइनँ । तर प्रचण्डजीले गठबन्धनलाई धोका दिनुभयो ।

यसैबीच कांग्रेसले सत्ता राजनीतिमा आएको फेरबदल र आगामी रणनीतिका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो ३ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पुरा समाचार तलको लिंकमा क्लिक

एक वर्षमा ३ गठबन्धन, १३ पटक मन्त्रीमण्डल विस्ता