काठमाडौँ महानगरले गर्‍यो झन्डै ५ हजार कुकुर–बिरालोको बन्ध्याकरण

210
Shares

काठमाडौँ। 

काठमाडौँ महानगरपालिकाले झन्डै पाँच हजार कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको छ । महानगरका मेयर बालेन शाहले १२० दिनमा आफूहरूले चार हजार ९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको जानकारी दिएका हुन् ।

अहिलेको गतिमा गए आगामी तीनदेखि चार वर्षभित्र सामुदायिक कुकुर र बिरालोको सङ्ख्या घट्दै जाने उनको भनाइ छ ।

यस्तै, महानगरले ११ हजार ३०८ वटा कुकुर तथा बिरालोलाई रेबिज रुद्धको खोप दिएको छ ।

‘१२० दिनमा हामीले लगभग ४९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेका छौँ । यस्तै ११३०८ वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिएको छौ  । यही गतिमा काम गरेर अब ३ देखि ४ बर्ष भित्र सामुदायिक कुकुर र विरालो सबैको सङ्ख्या घटाउदै जानेछौ  ।’ मेयर बलेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले सोचेजस्तो धेरै कुकुर र विरालोको सङ्ख्या भेटिएन । टोलमा भेटिएका कुकुर विरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनस्र्थापना गरिरहेका छौँ । बन्ध्याकरण गरिएका कुकुर विरालोको एअर नोच (कानमा सानो चिन्ह) लगाएको छ ।

उनले  एअर नोच नभएका कुकुर बिराला देखे कल सेन्टरको निःशुल्क फोन नं. ११८० मा सम्पर्क  गरेर जानकारी गराउन आग्रह गरेका छन्।

  यस्ता कुकुर बिरालालाई बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप सेवा उपलब्ध गराउने उनको भनाइ छ।