माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड कोटेश्वर प्रस्थान

12.03k
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर प्रस्थान गरेका छन्। बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा उनी बालुवाटारबाट कोटेश्वर प्रस्थान गरेका हुन्।

मन्त्रीहरूको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ। उनी माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ त्यहाँ प्रस्थान गरेको बताइएको छ।