बराम र माउन्टजोयले जित्यो केभिआर स्टेज रेस



काठमाडौँ ।

ट्रायलमान्डुको आयोजनामा शनिवार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ अशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय प्रथम भएका छन् ।

रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको ३७ किमी दौडअन्तर्गत पुरुषतर्फ बरामले निर्धारित दुरी चार घण्टा २३ मिनेट १९ सेकेन्डमा पूरा गरे । राजा महतारा चार घण्टा २४ मिनेट २० सकेन्ड समय लगाएर उपविजेता र मनकुमार रोका मगर चार घण्टा ३४ मिनेट ०३ सेकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।

महिलातर्फ च्याम्पियन बनेकी माउन्टजोयले पाँच घण्टा ३१ मिनेट ०४ सेकेन्डमा दौड पूरा गरिन् । त्यसैगरी उपविजेतामा बनेकी स्टाइन हेजेलवर्गले पाँच घण्टा ५८ मिनेट र १४ सकेन्ड समय लगाइन्  । सोन्या मार्टिनले पाँच घण्टा ५८ मिनेट ३६ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन्।

विजेता धावकधाविकाहरुलाई नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले पुरस्कार प्रदान गरे । सो स्टेज रेस च्यालेन्जको चौथो चरणमा १५ विदेशीसहित कुल ७० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्