सहरी व्यवस्थापनका क्रममा हामी बल प्रयोग गर्दैनौँ

238
Shares

काठमाडाैं ।

सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताएका छन्  ।

घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर भएको उनको भनाइ छ । त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले गएको १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेका थियौँ । गएको १५ दिनअघि देखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए ।

प्रहरी बलका प्रमुख पाण्डे भने, ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा गएका थिए  । उनी पुग्ने वित्तिकै आक्रमण भयो ।’