माओवादी स्थायी समिति बैठक बस्दै

56
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो। सो बैठक पार्टी मुख्यालय पेरिस डाँडामा बिहान ११ बजे बस्नेछ।

आजको बैठकमा पदाधिकारीसहित नेताहरूको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियान चलाउने निर्णय भए पनि कार्य विभाजन गर्न बाँकी रहेको छ।

जुन आज सकाउने बुझिएको छ। साथै, माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाई सजाएँ गर्ने पनि जनाइएको छ ।