गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 



नवलपरासी  ।

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार पूर्वी नवलपरासीमा  प्रारम्भ भएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडाले राष्ट्रमा अनुशासन,शान्ति,संमृद्धी र एकताका लागि खेलकुदको माध्यमबाट अघि बढ्न आवश्यक भएको बताइन् ।

उनले विकासका पूर्वाधार बाटो,घाटाे,कुलाे आदि मात्र होइन राष्टकाे समृद्धिको मार्ग चित्र खेलकुदको विकास हाे भनिन ।

उद्घाटनका अवसरमा प्रदेश सांसद राेशन बहादुर गाहा,पद्मा जिसी श्रेष्ठ, प्रजिअ कल्पना श्रेष्ठले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरी  कावासाेती नगर प्रमुख बिष्णु प्रसाद भुसाल,बिनयी त्रिवेणी गाउँ पालिका अध्यक्ष घनश्याम गिरी, जिल्ला खेलकुद विकास अध्यक्ष सेत बहादुर पुन लगायतले शुभकामना व्यक्त गरे ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगितामा एथलेटिक्स तर्फको खेल स्थल कावासाेती २ स्थित नवदुर्गा मैदानमा आयोजित उद्घाटन कार्यक्रमको अध्यक्षता प्रदेश खेलकुद परिषद्का सदस्य सचव श्रीधर शर्माले गरेका थिए ।

खेल संंचालन नियम अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट सहभागी खेलाडीहरूकाे मार्चपास पछि प्रतियोगिताको शुभारम्भ भएको थियो ।

प्रतियोगिता उद्घाटन ईभेन्ट १५ सय मिटर दौडमा छात्र तर्फ बागलुङका खेलाडी बादल कार्की प्रथम,तेन्जिङ रोका मगर कास्की द्वितीय र सन्दीप नेपाली पर्वत तृतीय भएका छन् ।

कार्कीले ४ मिनट २९ सेकेन्डमा १५ सय मिटर दौड पार गर्दै प्रथम भएर पदक ट्रफि तथा प्रमाणपत्र हात पारेका हुन् ।

छात्रा तर्फको १५ सय मिटर दौडमा तनहुँकि नम्रता गुरूङले ५ मिनेट ३२ सेकेन्डमा अन्य १० जिल्लाका खेलाडीलाई पछि पार्दै पदक तथा ट्रफी हात पारेकी छन् ।
उसु,एथलेटिक्स,कवड्डी,तेक्वान्द,कराते र भलिवल सहितका ६ विधाका खेलहरूलाई  नगरपालिकागत रूपमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको व्यवस्थापक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्