काठमाडौंको सितापाइलामा ३ जनाको शव फेला

2.2k
Shares

काठमाडौं ।

काठमाडौंको सितापाइलामा ३ जना शव फेला परेको छ। बुधबार सितापाइलामा मृत अवस्थामा एकै परिवारका तीन जनाको शव घरको कोठाभित्र फेला परेको प्रहरीले जनाएको छ। मृत फेला पर्नेमा एक जना महिला र दुई जना बच्चा छन् ।

उनीहरुको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् ।