नेपालको छैटौँ विकेट पतन, कुशल मल्ल पनि आउट



काठमाडौं ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत तेस्रो खेलमा नामिबियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालको छैटौँ विकेट पतन भएको छ। छैटौँ विकेटका रुपमा नेपालका कुशल मल्ल आउट भए। उनले  ५२ बलमा ३६ रन जोडे। यसअघि नेपालका कप्तान रोहित कुमार पौडेल शून्य रनमा आउट भए।

ओपनर आशिफ शेख ५८ रन बनाएर आउट भए। उनले ६४ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यस्तै कुशल भुर्तेलले १८ रन जोड्दा अनिल शाह र देव खनाल शून्य रनमै आउट भएका थिए।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्