नामिबियाविरुद्ध अर्धशतक बनाएर आउट भए आशिफ शेख



काठमाडौं ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा आशिफ शेखले नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन्। आसिफले ५५ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन्।

उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो। उनी ६४ बलमा ५८ रन बनाएर आउट भए।  यसअघि नेपालका कुशल भुर्तेल १८, अनिल शाह र देव खनाल शून्य रनमै आउट भएका थिए।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २२ ओभरमा चार विकेट गुमाएर १०० रन बनाएको छ। अहिले  कुशल मल्ल र नेपालका कप्तान रोहित पौडेलले नेपालको इनिङ सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्