नेपालले गुमायो तेस्रो विकेट, देव खनाल आउट



काठमाडौं ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरूद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। तेस्रो विकेटका रुपमा देव खनाल आउट भएका हुन्। खनाल आठौँ ओभरको अन्तिम बलमा शुन्य रनमा आउट भए। यसअघि नेपालले सातौँ ओभरमा दुई विकेट गुमाएको थियो।

ओपनर कुशल भुर्तेल ६.२ ओभरमा १८ रनमा एलबिडब्लू आउट भए। दुई बलपछि अनिल साह शून्यमा क्याच आउट भए। दुवैको विकेट नामिबियाका बर्नाल्ड स्कोल्जले लिए।

टस हारेर  ब्याटिङ गरिरहेको नेपालले ११ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६८ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्