कांग्रेस महासमिति बैठक : पाँच प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुने

42
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ। गत सोमवार देखी सुरु भएको महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेस गरिएको थियो। बैठक गोदावरीमा जारी रहने छ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेस गरिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्। हिजोका बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए भने महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव र अर्का  महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने छ।

समूहगत रूपमा पाँच प्रतिवेदनमाथि आजबाट छलफल हुने कांग्रेसले जनाएको छ।  महासमिति बैठक फागुन १० सम्म जारी रहने छ।