एमाले केन्द्रीय समिति बैठक आज पनि जारी रहने

70
Shares

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहने भएको छ। हिजो देखी सुरु भएको केन्द्रीय समितिको सातौँ बैठकमा ६ वटा अजेन्डामाथि छलफल भइरहेको छ।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिएको सो केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गरेका हुन।

यसै गरी जारी बैठकमा साङ्गठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जन आधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसामयिक राजनीतिक प्रस्तावबारे छलफल हुँदै छ।

गत फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरे अनुसार हिजोबाट केन्द्रीय समिति बैठक सुरु भएको हो ।