एमाले कर्णाली काठमाडौं सम्पर्कको अध्यक्षमा रावत सर्वसम्मत


काठमाडौं । नयाँ नेतृत्वको लागि भएको नेकपा (एमाले)कर्णाली काठमाडौं सम्पर्क कमिटिको अधिवेशनले अध्यक्षमा मुगुका भक्त रावत अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

पार्टी कार्यालय च्यासलमा भएको बन्दशत्रले रावतको नेतृत्वमा कमिटिलाई निर्विरोध निर्वाचित गरेको छ ।दोस्रो अधिवेशनबाट कमिटिको उपाध्यक्षमा जाजरकोटकी पुजा वस्नेत, सचिवमा सुर्खेतका लोकेन्द्र रोकाया, उपसचिवमा हुम्लाका विरजन महतारा र सल्यानका टेकेन्द्र ओली निर्विरोध निर्वाचित भएको कर्णाली काठमाडौं सम्पर्क कमिटिका अध्यक्ष रावतले जानकारी दिए ।

गएको शनिबार काठमाडौंको सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा पार्टी उपमहासचिव प्रदिप कुमार ज्ञावलीले उद्घाटन गरेको अधिवेशनमा तीन दिन लगाएर सर्वसम्मत गरिएको अध्यक्ष रावतले बताए ।‘पार्टी केन्द्रको निर्णय अनुसार देशभरका जिल्लाहरुमा अधिवेशन चलिरहेका वेला नेतृत्वको हानाथाप भैरहेको छ ।

मतदान प्रक्रियाबाट नेतृत्व छनोट भैरहेको छ तर कर्णाली काठमाडौं सम्पर्क कमिटिको नयाँ नेतृत्व सर्वसम्मत रुपमा छनोट गरेर एकताको सन्देश प्रवाह र्गो काम भएको छ’ अध्यक्ष रावतले थपे, ‘यसले कर्णालीका दशवटै जिल्लाबाट अध्ययन, व्यापार, व्यावसाय, र अन्य कामको सिलसिलामा काठमाडौंमा आएका एमालेका सदस्यहरु पार्टी निर्माणका सन्दर्भमा एकताबद्ध छन् भन्ने सन्देश प्रवाह गरेको छ ।’

अधिवेशनमा उद्घाटन शत्रमा उप–महासचिव ज्ञावली, पार्टी स्थायी कमिटि सदस्य लालवावु पण्डीत, पोलिटयूरो सदस्य मोहन बानीया, भैरवसुन्दर श्रेष्ठ, समन्वय इन्र्चाज तथा स्थायी कमिटि सदस्य लालवावु पण्डीत, केन्द्रीय सदस्य निरज आचार्य, दल रावल, नगेन्द्र शाही ९नेशनल०, छक्कबहादुर लामा लगायतका नेताहरुले संवोधन गरेका थिए ।