एसियाडमा पदक विजेता गुरुङ नगरसभामा सम्मानित



धादिङ ।

नीलकण्ठ नगरपालिकाले १९ औ एसियन खेलकुदमा रजत पदक विजेता नीलकण्ठ नगरपालिका वडा नम्बर १३ निवासी एरिका गुरुङलाई नीलकण्ठ नगरपालिकाले नगद सहित सम्मान गरेको छ ।

यसैगरि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गरेको छ । गत असोज २० गते चीनमा भएको एसियाली खेलकुद एसियाडमा कराँते खेल तर्फ गुरुङले ६८ केजी तौल समूहमा नेपालका लागि रजत पदक जित्न सफल भएकी थिईन ।

नीलकण्ठ नगरपालिकाको दोश्रो नगर सभाको चौथो अधिवेशनको अवसरमा नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले एरिका गुरुङलाई नगद २५ हजार र सम्मान पत्रले सम्मान गर्नुभयो । यसैगरि नीलकण्ठ नगरपालिकाबाट जिल्लाको राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक ल्याउने खेलाडीलाई जनही १-१ हजार नगद सहित सम्मान गरेका हुन् ।

माघ १६ गते सम्पन्न १३ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट २४ जनाले स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्