चम्पादेवी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि गोल्मादेवी मा.विलाई

1.1k
Shares

ओखलढुंगा ।

चम्पादेवी गाउँपालिका ओखलढुंगाले यही माघ २५ गते देखी २८ गते सम्म आयोजना गरेको राष्ट्रपति रनिङ शिल्डको  उपाधि गोल्मादेवी मा.वि पलापुले हात पारेको छ । यसै गरी सुनकेशरी मा.वि रानी वनले दोस्रो स्थान हात पार्दा कल्पेश्वारमा.वि बिलन्दुले तेस्रो स्थान हात पारेको छ ।

पहिलो हुने गोल्मादेवी मा.वि पलापुले ३० स्वर्ण, ५ रजत र १ कांस्य मेडल हात पारेको छ । दोस्रो हुने सुनकेशरी मा.वि रानी वनले १२ स्वर्ण, १ रजत सहित २९ वटा कांस्य मेडल हात परेका छन् भने तेस्रो स्थान हात पार्ने कल्पेश्वार मा.वि बिलन्दुले ४ स्वर्ण, २ रजत र १ कांस्य मेडल जितेका छन् ।
कार्यक्रम समापनमा बोल्दै गाउँपालिका अध्यक्ष नवराज केसीले पालिकामा छनौट भएका खेलाडीहरुलाई जिल्लाले आयोजना गर्ने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता गराउने प्रतिबद्धता जनाउनुभएको छ । साथै अध्यक्ष केसीले कबड्डी खेल सञ्चालनका लागी आवश्यक पर्ने म्याड खरिद गर्ने, कबड हलको निर्माण गर्ने समेत बताएका छन् ।

भविष्यमा भलिबल खेलाडी बन्ने सपना बोकेका गोल्मादेवी मा.वि का भलिबल खेलाडी सोनिस मगरले राष्ट्रपति रनिङ शिल्डमा भाग लिने अवसर पाउनाले आफ्नो व्यक्तिगत खेलमा वृद्धि विकास भएको बताएका छन् ।

विद्यालयमा खेलिन्थ्यो खेल्दा भलिबलको नयाँ नियमको बारेमा त्यत्ति जानकारी थिएन तर राष्ट्रपति रनिङ शिल्डमा भाग लिए पछि अन्य विद्यालयका खेलाडी र निर्णकहरुबाट नयाँ नियमहरू थाहा पाएको खुसी हुँदै खेलाडी मगरले भने ।

यसै गरी कबड्डीमा आफ्नो भविष्यको सपना देखेका गोल्मादेबी मा.वि कै कबड्डी खेलाडी मन कुमार सुनुवारले आफ्नै विद्यालयको प्राङ्गणमा खेल खेल्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।