एमाले महोत्तरीको अध्यक्षमा बलिराम यादव निर्वाचित

0
Shares

काठमाडौं ।

नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले बलिराम यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । मतदान प्रक्रियामा यादवले २ सय ५९ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी शिवचन्द्र सिंहले १ सय ५५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा अम्बिकाप्रसाद गौतम निर्वाचित भएका छन् भने सचिव शम्भु ठाकुर चुनिएका छन् । यसै गरी उपसचिवमा फेकन राम र बिन्दु किङ्ग्रिङ्ग निर्वाचित भएका छन् । लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहा पनि मतदान प्रक्रियाबाट नै निर्वाचित भएका छन् ।