केभिआर स्टेज रेसमा रमेश र प्रिया प्रथम


काठमाडौं ।

रमेश लिम्बु र प्रिया राई ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरणमा प्रथम भएका छन् ।

झुलेमा सुरु भएर रानीकोटमा सम्पन्न भएको ३० किमी दौडमा पुरुषतर्फ रमेश र महिलातर्फ प्रिया पहिलो स्थान हासिल गरेका हुन । पुरुष दौडमा रमेशले निर्धारीत दुरी ३ घन्टा ११ मिनेट ३४ सकेन्डमा पूरा गरे । सुजित जर्घा मगर ३ घन्टा २४ मिनेट ३२ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा ३ घन्टा २९ मिनेट २८ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।

त्यसैगरी महिलातर्फ च्याम्पियन बनेकी प्रियाले चार घन्टा पाँच मिनेट ५२ सकेन्डमा दौड पूरा गरेकी हुन् । त्यसैगरी केभिआर स्टेज रेस च्यालेन्जकै दोस्रो चरणकी विजेता छोकी शेर्पा सात सकेन्डले पछाडि रहेर उपविजेतामा चित्त बुझाउन बाध्य भयो । छोकीले चार घन्टा पाँच मिनेट ५९ सकेन्डमा दौड पूरा गरे । त्यसैगरी निर्मला राईले चार घन्टा २७ मिनेट २५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् । सो स्टेज रेस च्यालेन्सको दोस्रो चरणमा स्वदेशी र विदेशी गरी ९६ धावक धाविकाको सहभागिता रहेको थियो ।