पर्यटकको संख्या बढ्यो, ७९ हजार आउँदा ८१ हजार बाहिरिए



काठमाडौं ।

नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको छ। अघिल्लो वर्षको जनवरी महिनाको तुलनामा सन् २०२४ को जनवरीमा २४ हजारभन्दा बढी पर्यटकले भ्रमण भ्रमण गरेका छन्।

यस वर्षको जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । गत वर्षको सोही महिना ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए।

बोर्डका अनुसार जनवरीमा ८१ हजार ८९७ जना नेपालबाट बाहिरिएका छन्। जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार १३९ जना नेपाल आएका छन् । गत वर्ष १६ हजार ४३६ भारतीय पर्यटक नेपाल आएका थिए।

त्यस्तै, चिनियाँ पर्यटक ७ हजार २६७, अमेरिकी पर्यटक ७ हजार ४७, थाइल्यान्डबाट ४ हजार ६१९ जना, दक्षिण कोरियाबाट ३ हजार ८१२, बंगलादेशबाट ३ हजार ६२९, अस्ट्रेलियाबाट ३ हजार ४२१, बेलायतबाट ३ हजार २७६, भुटानबाट २ हजार २२९ र जापानबाट १ हजार ५६८ जना विदेशी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्