झोलामा १० किलो गाँजा

14
Shares

हेटौंडा ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार विहान करिब साढे ७ बजे हेटांैडा–१५, रातोमाटे चेकपोष्टस्थित सडकमा चेक गर्दा गाँजासहित एक अभियुक्तलाई पक्राउ गरेको छ ।

हेटांैडाबाट बिराटनगरतर्फ जाँदै गरेको वागमती प्रदेश ०३–००१ ख ०४५३ नम्बरको यात्रुबाहक बस चेक गर्ने क्रममा बसका यात्री सर्लाहीको वागमती नपा वडा–१२ बस्ने वर्ष १९ का निशान गोलेलाई पक्राउ गरिएको हो ।

उनलाई शंका लागि रितपूर्वक उनको शरीर तथा झोलासमेत खानतलासी गर्दा उनले बोकेको झोलाभित्र लुकाइल्याएको अवस्थामा १० किलो २ सय ग्राम लागुऔषध गाँजा फेला परेको थियो । लागुऔषधसहित गोलेलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट ८ दिन म्याद अनुमतिसहित थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।