नक्कली शैक्षिक प्रमाणपत्रसहित १० जना पक्राउ

0
Shares

काठमाडौँ।

अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका १० जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको चावहिल बस्ने धनुषाका ४२ वर्षीय विवेक उपाध्याय, ३३ वर्षिया चितवन खैरेनी बस्ने मनहरी-०९, मकवानपुरकी भगवती उप्रेती, तिखेदेवल- ललितपुर बस्ने लम्जुङ्गकी २४ वर्षिया रोना गुरूङ, ललितपुरका २५ वर्षीय संजय महर्जन, नक्साल बस्ने चितवनका २५ वर्षीय सुमन ढकाल, सूर्यविनायक भक्तपुर बस्ने सिराहाका २९ वर्षीय सक्षम अर्याल, धुम्बाराही, काठमाण्डौ बस्ने लालबन्दी-०४, सर्लाहीका ३५ वर्षीय सुरज अधिकारी रहेका छन्।

यसै गरी कुसुन्ती, ललितपुर बस्ने चरिकोट-०९, दोलखाका २६वर्षीय अशोक श्रेष्ठ, बानेश्वर बस्ने विरगंज-१०, पर्साका २८ वर्षीय पुरूषोत्तम मल्लिक, रातोपुल, काठमाण्डौ बस्ने हरिवन-०९, सर्लाहीका २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन्।

भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टूको नक्कली ‘एकेडेमिक सर्टिफिकेट , बनाएर पेस गरेको गोप्य सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा मंगलबार प्रहरीको टोलीले उनीहरूलाई महाराजगंजस्थित अमेरिकी दूतावासबाट तीन जनालाई नक्कली शैक्षिक प्रमाणपत्र (एकेडेमिक  सर्टिफिकेट)सहित र सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संजयमहर्जन समेतको संलग्नता रहेको भन्ने खुल्न आएकोले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका उनीहरुहरुलाई लिखत सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ।