बैकिङ कसुर मुद्दामा फरार व्यक्तिसहित विभिन्न कार्यमा ठगी गर्ने ४ जना पक्राउ

0
Shares

काठमाडाैं ।

बैकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा पूर्वखोला गाउँपालिका २ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका  ५ नयाँ बस्ती डेरा गरी बस्ने वर्ष ४० को रेवत बहादुर राना रहेका छन्  ।

बैकिङ कसुर मुद्दाहरुमा २४ दिन कैद सजाय,७५ लाख जरीवाना र ७५ लाख जाहेरवालाहरुलाई बिगो भराई क्षतिपुर्ति बापत पीडित राहत कोषमा ३,००,००० जम्मा गराउने ठहर भई मिति २०७७/८/२१ गते उच्च अदालत पाटन, ललितपुरमा फैसला सुनाएको थियो  ।

फरार रहेका उनलाई उक्त कार्यालयबाट खटिगएको प्रहरी टोलीले १८ गते काठमाडाैं गोकर्णेश्वर नगरपालिका ५ नयाँवस्तीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडाैं जिल्ला अदालत पठाइएको छ ।

यस्तै,रोमानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा सल्यान बंगाद कुपिन्डे नगरपाललका ७  घर भई हाल सामाखुसी बस्ने जगत ओली क्षेत्री रहेका छन्  ।

वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु भनी पीडितबाट पटक पटक गरी  एक लाख पचास हजार रुपैयाँ  रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो  ।

उक्त कार्यलयमा खटिएको प्रहरी टोलीले जगत ओली क्षेत्रीको खोजतलास गर्ने क्रममा बुधवार पक्राउ गरेको हो  । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यस्तै,जापान पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा  गोरखा पालुङटार -१ घर भई हाल सामाखुसी बस्ने ३०   वर्षीय भरत भट्टराई रहेका छन्  ।

वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु  भनी दुई लाख रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ  गरेको हो ।

उक्त कार्यालयमा खटिएको प्रहरी टोलीले उनलाई भरत भट्टराईको खोजतलास गर्ने क्रममा बुधवार सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएकाे छ ।

यस्तै,सिन्धुपाल्चोक पाँच पोखरी थाङपाल २ घर भई हाल बुढानिलकण्ठ १२ कपन बस्ने  ४० वर्षीय मिङमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।  माया तामाङलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु तीन लाख रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।

उक्त  कार्यालयबाट खटिएको प्रहरी टोलीले मिङमार लामाको खोजतलास गर्ने क्रममा बुधवार पक्राउ  गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।