लमजुङका एक युवकको जापानमा मृत्यु

42
Shares

लमजुङ।

लमजुङका एक जना युवकको जापानमा मृत्यु भएको छ । दोर्दी गाउँपालिका ६, छोटेखोला घर भइ हाल बेसीशहर बस्दै आएका २२ वर्षीय युवराज तामाङको हृदयघातबाट मृत्यु भएको हो ।

२०७९ कार्तिक २८ गते विद्यार्थी भिसामा जापान गएका तामाङको हृदयघातबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको नेपाली समय अनुसार बुधबार बिहान पौने ४ बजे मृत्यु भएको मृतकका दिदी कुमारी तामाङले बताइन्।

मृतकका दिदी कुमारी तामाङले शव नेपाल ल्याउन पहल भइरहेको बताइन्। मृतक तामाङको बाबाआमा, एकजना दिदी र एकजना दाइ छन्।