भक्तपुरमा दि मुग्लान रेस्टुरेन्टको शाखा विस्तार

0
Shares

काठमाडौं ।

 पर्यटकीय नगरी भक्तपुरको मुख्य क्षेत्र दरबार स्क्वायर नजिकै  दि मुग्लान रेस्टुरेन्टले आफ्नो शाखा विस्तार गरेको छ ।

अस्ट्रेलियामा १४ वर्षदेखि रेस्टुरेन्ट सञ्चालन गरिरहेको नेपाली व्यवसायीको समूहले ६ वर्षअघि पोखरामा शाखा विस्तार गरेकामा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधासहित भक्तपुरमा पनि अर्को शाखा सञ्चालनमा ल्याएको हो ।

ग्रान्ड ओपनिङ कार्यक्रम भोलि बिहिबार देखि शनिबारसम्म तय भएको छ ।  भक्तपुर शाखा दि मुग्लान रेस्टुरेन्टको छैठौं शाखा हो । यसका अस्ट्रेलियामा चारवटा र पोखरामा एउटा शाखा रहेको छ ।

भक्तपुरमा शाखा विस्तार गर्ने क्रममा व्यवस्थापन पक्षले आवश्यक सर्भेसमेत गरेको थियो । दरबार स्क्वायर क्षेत्र र आसपास थकाली रेस्टुरेन्ट नभएको, स्वादिष्ट खानाको अभाव खट्किएको र लाइभ म्युजिक अवधारणामा रेस्टुरेन्ट सञ्चालन नभएको पाइएपछि त्यसलाई पूर्ति गर्ने उद्देश्यले दि मुग्लान रेस्टुरेन्ट भक्तपुर शाखा सञ्चालनमा ल्याइएको हो ।