गोरखापत्रका उपसम्पादक पण्डितको निधन

0
Shares

काठमाडौँ।

गोरखापत्र दैनिकमा उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ।

४७ वर्षीय पण्डितको उपचारका क्रममा बुधबार बिहान ३ बजे ललितपुरको मेडीसिटी अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए।

उनको अन्त्येष्टि पशुपतिस्थित आर्यघाटमा बुधबार बिहान नै गर्ने परिवारले जानकारी दिएको छ।

भानु नगरपालिका १२ तनहुँमा २०३३ जन्मिएका र कीर्तिपुरमा बस्दै आएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।