उदयपुर साहित्य कला प्रतिष्ठानको प्रथम वार्षिकोत्सव सम्पन्न

0
Shares

उदयपुर ।

 उदयपुरको सदरमुकाम गाईघाटमा शनिवार उदयपुर साहित्य कला प्रतिष्ठानको प्रथम वार्षिकोत्सव रचना वाचनसहित सम्पन्न भएको छ ।
प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नेपाली भाषा साहित्यका क्षेत्रमा उदयपुर सक्रिय रुपमा लागेको र यहाँ युवा देखि जेष्ठनागरिकसम्म पनि साहित्य सिर्जनामा रमाउनु अत्यन्त खुशीको कुरा भएको बताए ।

प्राज्ञ पोखरेलले उदयपुरमा आउँदा भिन्न भिन्न अनुभूति र अनुभव संगाल्न पाएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनहरुमा उदयपुरको साहित्यले अझ फराकिलो तरिकाले आफ्नो क्षेत्र विस्तार गर्दे जाने सम्भावना रहेको हुँदा सर्जक तथा साहित्यिक प्रतिभाहरुलाई प्रोत्साहित गर्दै लगेमा भोलिका दिनहरुमा यस्ता कार्यक्रमले निरन्तरता पाउने र उदयपुर साहित्य कला प्रतिष्ठानले गर्दै आएको कार्यक्रमले राम्रो सन्देश दिएको बताए ।

उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाश कुमार राईको अध्यक्षता र सचिव सरिता पौडेल गुरागाईँको सञ्चालनमा भएको सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष वासुदेव पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले संस्थाको उद्देश्य र कार्यक्रममाथि प्रकाश पानु भएको थियो भने विशिष्ट अतिथिहरु कवि तथा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारी, अर्का कवि सन्तोष कुमार पोखरेल, हिमालय पौडेल, उद्धव घिमिरे, कुमार कोइराला , वासुदेव पोखरेल, तेज नारायण शेर्पा , टंक बहादुर आले लगायतका दुई दजैन कविहरुले कविता वाचन गरेको थिए ।

यसै गरी अन्य कविहरु भीम पौडेल घाँसे, सीमा मास्के, निर्मला पुरी, हर्क नारायण श्रेष्ठ, शुकदेव चौधरी, हरिशरण खतिवडा, रविन्द्रराजा शाही, चन्द्रनारायण चौधरी, कीर्ति बहादुर खड्का लगायतका कविहरुले रचना वाचन गरेको थिए ।