डिल्लीबजार जेलमा रहेका पूर्व कमाण्डरलाई भेटे लगत्तै प्रधानमन्त्री भेट्न पुगे बाबुराम

0
Shares

काठमाडौं ।

 नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हाल जेलमा रहेका पूर्व जनमुक्ति सेनाका कमाण्डरसँग भेटघाट गरेका छन् ।

 हालै पक्राउ गरी डिल्लीबजारस्थित सदरखोरमा राखिएका पूर्व कमाण्डर जीतमान पुन मार्शलसँग भेटवार्ता गरेका हुन । उनी नेसपाका केन्द्रीय सदस्यसमेत हुन्।

 ‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेसपाका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा वहॉलाई कारागार मै गएर भेटे,’ उनले भनेका छन, ‘त्यस लगत्तै प्रधानमन्त्री तथा पूर्व जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर क. प्रचण्डलाई भेटेर क. मार्शलको तत्काल रिहाइको पहल गर्न आग्रह गरेको छु ।’

 उनलाइ चरेस तस्करीको आरोपमा पक्राउ परेको बताइँदै आईएको छ । मार्सललाई भेटेर प्रधानमन्त्री प्रचण्डलाई भेटन पुगेका पुर्व प्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष भट्टराइले भनेका छन्, ‘यो केस  ‘बुढी (बुढो) मरी (मर्‍यो), हैन काल पल्क्यो’ भनेर बुझ्नु भन्ने जनशक्ति जस्तो हुनसक्छ है, सबैलाई चेतना भया ।’