पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैन : प्रधानमन्त्री दाहाल

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन् ।

शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकि रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिए । उनले समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आह्वान गरे ।

प्रधानमन्त्री दाहालले पार्टी नेतृत्वमाथि उदासिन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । कार्यक्रममा उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक संसदको आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको पनि बताए ।