जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट १७ जना पक्राउ

0
Shares

काठमाडौं।

गोकर्णेश्व र नगरपालिका-८ बेशीगाउँस्थित सोलुखुम्बु काकु गाउँपालिका-५ घर भएकी २९ वर्षीया अनु तामाङको सोलुखुम्बु खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ५० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।