१२ वर्षदेखि पुस्तकको मूल्य समायोजन नभएको व्यवसायीको गुनासो

0
Shares

धादिङ। 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, बागमती प्रदेशको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन धादिङबेसीमा शुक्रबार सुरु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव शिवसागर शर्माले पुस्तकको मूल्य १२ वर्ष देखि समायोजन नहुँदा व्यवसायीहरु मर्कामा परेको बताए।

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले र्शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउने काम गरेर सरकारको कामलाई सहयोग गरिरहेको उनको तर्क थियो ।

व्यवसायी अगुवाहरुले पुस्तकको मूल्य समायोजन गर्नका लागि सरकारसँग माग गरिएको छ । १२ वर्ष अघि ७५ रुपैयाँ प्रतिकेजी परेकोमा अहिले २ सय ५० पर्दा पनि मूल्य समायाेजन नभएकाे व्यवसायीको गुनासो छ ।

वयवसायी महासंघको उद्घाटन संघीय सांसद रामनाथ अधिकारीले गर्दै सम्सदमा व्यवसायीको हितका कुरा उठाउने बताए ।

महासंघका प्रदेश अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बागमती प्रदेशका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुकाे सहभागिता रहेको थियो ।

धादिङमा २०४३ सालमा स्टेसनरी तथा पुस्तक पसल सुरुवात गर्ने गोविन्द श्रेष्ठ, प्रदेशमा रहेर काम गरेका  सचिव हरि पाैडेललाई सम्मानित गरिएको छ ।

 प्रदेश भरमा उत्कृष्ट काम गर्ने धादिङ शाखालाई समेत सम्मान गरिएको थियो ।