हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ

0
Shares

काठमाडौं।

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रूपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत बबरमहल काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।