जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

0
Shares

कास्की ।

पोखरा महानगरपालिका-७ राष्ट्रबैंक चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका बाग्लुङ तमानखोला गाउँपालिका-१ घर भएकी ४५ वर्षीया समिता आले समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको  छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ६ सय ५५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।