लुम्बिनीमा राष्ट्रिय सभा सदस्यमा कांग्रेसकी बिष्णुकुमारी विजयी

0
Shares

बुटवल  ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार बिष्णु कुमारी सापकोटा विजयीभएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्टिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उप-विजेता नेकपा एमालेकी तुलसा के सी ले २८६७ मतभार प्राप्त गरेकी छन्  ।

गठबन्धनको तर्फबाट महिला कोटामा नेपाली कांग्रेसबाट विष्णुदेवी सापकोटा, एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवार हुन् ।अन्यको मतगणना जारी छ ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा भएको मतदानमा गाउँपालिकातर्फ दुईजनाको मत खसेन । ३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।

बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय मतदानमा आउन नसक्ने जानकारी गराएकाले दुई जनाको मत नखसेको पाण्डेले बताए।