राष्ट्रिय सभा निवार्चन: कोशीमा मतदान जारी, गाउँपालिका अध्यक्ष बेहोस

0
Shares

विराटनगर ।

राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ । दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो । कोशी प्रदेशमा अन्य तर्फ सत्तारूढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र महिला कोटामा चम्पा कार्की उम्मेदवार रहेका छन ।

एमाले–राप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा रुक्मिणी कोइराला उम्मेदवार रहेका छन । अन्य तर्फ पर्शुराम अधिकारीको उम्मेदवारी फिर्ता गरेर एमालेले राप्रपाका पौडेललाई समर्थन गरेकाले यो पदमा प्रतिस्पर्धा पेचिलो बन्ने देखिन्छ । यो प्रदेशमा सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ ।

यस्तै निर्वाचनका लागि विराटनगर आएका मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएका छन् । उनी बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । भेन्टिलेटरमा राखेर अध्यक्ष थारुको उपचार भइरहेको अस्पतालले जनाएकाे छ ।