सवारी लाइसेन्सका नक्कली परीक्षार्थी पक्राउ

0
Shares

तनहुँ ।

बन्दिपुर गाउँपालिका–४, बिमलनगरबाट मंगलबार प्रहरीले सवारी चालक अनुमति पत्रको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

यातायात व्यवस्था कार्यालयमा सञ्चालित ुएु वर्ग मोटरसाइकलको प्रयोगात्मक परीक्षा ट्रायलमा नक्कली परीक्षार्थी भानु–४ का ३० वर्षीय पुर्ण थापामगरलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए।

भानु नगरपालिका–४ का ३५ वर्षीय सुरेश थापामगरको परीक्षामा पुर्ण उपस्थित भई सुरेशको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पुर्णलाई किर्ते सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट बुधबार ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।