प्रधान सेनापति शर्मा र संयुक्त राष्ट्रसंघकी उपमहासचिवबीच भेटवार्ता

0
Shares

काठमाडाैं ।

प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामिन्सुबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदान लगायत आपसी चासोका विषयमा छलफल भएको थियो ।

यस्तै शिष्टाचार भेटवार्तामा उनीहरूबीच दुई पक्षीय चासो र आपसी हितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।