हनुमान र ब्रम्हबाबाको मंन्दिरमा आगजनी

0
Shares

रौतहट ।

भारतको अयोध्यामा राम मंन्दिरको प्राण प्रतिष्ठान गरेको एक दिन बित्न नपाउँदै रौतहटमा हनुमान र ब्रम्हबाबाको मंन्दिरमा आगजनी भएको छ ।

अज्ञात समूहले रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ जटहारा टोलस्थित सामुदायिक विद्यालयको प्राङ्गणमा रहेको हनुमान मन्दिर र सोही विद्यालयको पछाडी भागको एक सय मिटर नजिकको ब्रहमबाबाको मन्दिरमा आगजनी गरेका छन् ।

२५ बर्ष अघि भारतको राजधानी दिल्ली बाट ल्याएर प्रतिष्थापन गरेको भगवान हनुमान मुर्ती र ब्रहमबाबाको मन्दिरमा क्षति भएको स्थानीयले जनाएका छन । आगजनी गर्नेको खोजी भैरहेको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए  ।